४ अर्ब लगानीका ६ उद्योग शिलान्यास गर्दै खनालले भने : उद्योग खोल्दा बेरोजगारी घट्छ

हिमाल प्रेस २९ माघ २०८१ ११:४२ | Tuesday, February 11, 2025
४ अर्ब लगानीका ६ उद्योग शिलान्यास गर्दै खनालले भने : उद्योग खोल्दा बेरोजगारी घट्छ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा उद्योगधन्दा सञ्चालन गरेर बढ्दो बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताएका छन्।

सर्लाहीमा सोमबार ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्दै खनालले युवाको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गरेका हुन्। उनले ४ अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको सोमबार शिलान्यास गरेका थिए।

‘यो एक ऐतिहासिक परियोजना हो। मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु’, नेता खनालले भने, ‘निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सिर्जना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो।’

उनले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गरे।

प्रकाशित: २९ माघ २०८१ ११:४२ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast