२९ माघको राशिफल : मिथुनलाई विशेष फाइदा मिल्ने, कन्याको कामको प्रस्ताव आउने [अरू कस्तो?]

हिमाल प्रेस २९ माघ २०८१ ६:०३ | Tuesday, February 11, 2025
२९ माघको राशिफल : मिथुनलाई विशेष फाइदा मिल्ने, कन्याको कामको प्रस्ताव आउने [अरू कस्तो?]

मेष
साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

वृष
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

मिथुन
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कर्कट
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

सिंह
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कन्या
नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ ।

तुला
सोचेको आँटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

वृश्चिक
साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

धनु
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ।

मकर
काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ ।

कुम्भ
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मीन
काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ।

प्रकाशित: २९ माघ २०८१ ६:०३ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast