१५ वटा शिक्षक संघसंगठनको एउटै आवाज : अब निर्णायक आन्दोलनमा जुटौँ

हिमाल प्रेस ९ फागुन २०८१ १३:२५ | Friday, February 21, 2025
१५ वटा शिक्षक संघसंगठनको एउटै आवाज : अब निर्णायक आन्दोलनमा जुटौँ

काठमाडौँ- नेपाल शिक्षक महासंघमा आबद्ध/सम्बद्ध १५ वटा घटक संघसंगठनले निर्णायक आन्दोलनमा जुट्न शिक्षक कर्मचारीलाई अपिल गरेका छन्। उनीहरूले शुक्रबार संयुक्त रूपमा विद्यालय शिक्षाको विकास र शिक्षक–कर्मचारीको पेसागत हकहितका लागि आन्दोलनमा जुट्न अपिल गरेका हुन्।

गत माघ २० गते चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले शुक्रबार सबै शिक्षा विकास तथा समन्वय एकाइमा खबरदारी जुलुशसहित ध्यानाकर्षणपत्र बुझाएर विरोधसभा गर्दैछन्। अपिलपत्रमा भनिएको छ, ‘पटकपटक आन्दोलन भई सरकारसँग महत्त्वपूर्ण सहमति भएका छन्। विगतमा भएका ती सबै सहमतिलाई कार्यान्वयनका लागि एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था हाम्रासामु आइपरेको छ। त्यसैले विगतका सबै सहमतिहरू सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ नयाँ आन्दोलनको थालनी भई सकेको छ।’

विगतमा पटकपटक आन्दोलन भई सरकारसँग भएका महत्त्वपूर्ण सहमति  कार्यान्वयनका लागि एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था आइपरेको ती संघसंगठनको भनाइ छ। ‘विगतका सबै सहमतिहरू सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ नयाँ आन्दोलनको थालनी भइसकेको छ’, अपिलमा उल्लेख छ।

महासंघमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी शिक्षक फोरक लोकतान्त्रिक, लोकतान्त्रिक शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक परिषद्, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद् आबद्ध/सम्बद्ध छन्।

प्रकाशित: ९ फागुन २०८१ १३:२५ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast