हामी जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गर्न सक्छौँ : प्रचण्ड

हिमाल प्रेस २ फागुन २०८१ ११:११ | Friday, February 14, 2025
हामी जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गर्न सक्छौँ : प्रचण्ड माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग शुक्रबार भेट गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरू। तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरूसँग शुक्रबार भएको भेटमा उनले यस्तो धारणा राखेका हुन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए। ‘भारत र बंगलादेशसँग मैले धेरै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोसेढुंगा हो’, उनले भने, ‘हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेशलगायतलाई देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ।’

भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताए।

अहिले सरकारले विद्युत्को विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उनले गरे। उनले इप्पानले विद्युत् उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरेका छन्। इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्त्वपूर्ण रहेको बताए।

प्रकाशित: २ फागुन २०८१ ११:११ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast