काठमाडौँ- फागुन ९ गते शुक्रबार (आज) देखि हलमा फिल्म ‘ताण्डवम्’ प्रदर्शन भइरहेको छ।
फिल्मलाई केन्द्रिय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले पिजी सर्टिफिकेट दिएको छ। अर्थात् १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ फिल्म हेर्न पाउनेछन्।
यसअघि फिल्ममा अत्यधिक हिंसात्मक दृष्य रहेको भन्दै सेन्सर बोर्डले एक दिनको समय दिँदै फिल्मको १० मिनेट सिन हटाउन आग्रह गरेको थियो।
फिल्मका निर्देशक जुनिम गहतराज हुन्। फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ।
प्रकाशित: ९ फागुन २०८१ १०:५३ | Friday, February 21, 2025
प्रतिक्रिया



