हमासले भन्यो : बन्धक रिहाइ स्थगित गर्छौ

हिमाल प्रेस २९ माघ २०८१ ८:०४ | Tuesday, February 11, 2025
हमासले भन्यो : बन्धक रिहाइ स्थगित गर्छौ फाइल तस्बिर : एफपी

काठमाडौँ- इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहाइ स्थगित गर्ने चेतावनी दिएको छ। समाचार संस्था बीबीसीका अनुसार अब तत्काल बन्धन रिहाइ स्थगित गर्ने चेतावनी हमासले दिएको हो।

पूर्वसम्झौता अनुसार बन्धकको रिहाइ आगामी शनिबार हुनेवाला थियो। शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो। हमासले मुक्त गर्ने व्यक्तिहरूको सूचीमा नेपाली युवा विपिन जोशी पनि पर्ने अपेक्षा गरिएको थियो।

इजरायलका रक्षा मन्त्री इस्राएल क्याट्जले हमासको यो घोषणा युद्धविराम सम्झौतामा पूर्ण उल्लंघन भएको बताएका छन् ।

प्रकाशित: २९ माघ २०८१ ८:०४ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast