हमासबारे ट्रम्पले दिए यस्तो चेतावनी?

हिमाल प्रेस २९ माघ २०८१ १८:१२ | Tuesday, February 11, 2025
हमासबारे ट्रम्पले दिए यस्तो चेतावनी? फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले सबै बन्धकलाई रिहा नगरे इजरायलले युद्धविरामको सम्झौता रद्द गरिदिनुपर्ने बताएका छन्।

उनले एक दुई दिनभित्र सबै बन्धक रिहा हुनुपर्ने बताएका हुन्। ट्रम्पले शनिबारसम्म बन्धक रिहा गर्न हमासलाई ‘अल्टिमेटम’ दिएका छन्।

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहा नगर्ने बताएको थियो।

हमासको भनाइप्रति जवाफ दिँदै इजरायलले बन्धक रिहा नगर्नु सम्झौताको उल्लंघन रहेको जनाएको थियो।

हमास र इजरायलबीच युद्धविराम १९ जनवरीदेखि लागू भएको थियो। सम्झौतापछि हमासले १६ इजरायली र पाँच थाई बन्धकलाई रिहा गरेको छ।

बन्धक रिहाइको बदला इजरायलले ५६६ कैदी रिहा गरेको छ।

प्रकाशित: २९ माघ २०८१ १८:१२ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast