हमासको चेतावनीपछि इजरायलको प्रतिक्रिया : युद्धविराम भंग हुन सक्छ

हिमाल प्रेस ३० माघ २०८१ ९:२८ | Wednesday, February 12, 2025
हमासको चेतावनीपछि इजरायलको प्रतिक्रिया : युद्धविराम भंग हुन सक्छ

काठमाडौँ- इजरायली बन्धकहरूलाई रिहाइ नगर्ने हमालको चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कडा प्रतिक्रिया दिएका छन्।

उनले हमासले बन्दी रिहाइ नगरे युद्धविराम भंग हुने चेतावनी दिएको बीबीसीले जनाएको छ।

‘यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने हामी गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाईं सुरु गर्नेछौं,’ उनले भने। यसअघि डोनाल्ड ट्रम्पले पनि हमासलाई बन्दी रिहाइ गर्न निर्देशन दिएका थिए। यता हमासले भने इजरायल शर्त मान्न तयार रहनुपर्ने बताएको छ।

प्रकाशित: ३० माघ २०८१ ९:२८ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast