स्रोत नखुलेको दश लाख नगदसहित एक भारतीय पक्राउ

हिमाल प्रेस ४ फागुन २०८१ २०:५७ | Sunday, February 16, 2025
स्रोत नखुलेको दश लाख नगदसहित एक भारतीय पक्राउ

काठमाडौँ- प्रहरीले पर्साबाट स्रोत नखुलेको दश लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले स्रोत नखुलेको रकमसहित भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल ग्राम रक्सौल–१७ बस्ने २२ वर्षीय नेहाल कुमारलाई पक्राउ गरेको हो।

नेहलालाई वीरगञ्ज महानगरपालिका–८ लिंक रोडबाट पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी सुवास भट्टले जानकारी दिए।

शंका लागेर जाँच गर्दा नेहालसँग भएको झोलाबाट एक हजार दरका नोट सात सय थान र पाँच सय दरका नोट ६ सय थान गरी कूल दश लाख नगद बरामद भएको उनले बताए।

पक्राउ परेका निहालमाथि हुण्डी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ फागुन २०८१ २०:५७ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast