सेयर बजारमा निरन्तर हरियाली

हिमाल प्रेस ६ फागुन २०८१ १६:२५ | Tuesday, February 18, 2025
सेयर बजारमा निरन्तर हरियाली सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि देखिएको छ। आइतबार १९.५६ र सोमबार २९.८७ अंकले बढेको नेप्से परिसूचक मंगलबार ११.९१ अंकले बढेको हो।

०.४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९.८२ को विन्दुमा कायम भएको छ। ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको कारोबारमा बैंकिङ ०.२२, लगानी १.२४, जीवन बिमा १.७४, निर्जीवन बिमा ०.३०, व्यापार ०.४१ र अन्य समूह ३.६७ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक १.७४, वित्त १.५०, होटेल तथा पर्यटन १.०४, जलविद्युत् ०.१३, उत्पादन तथा प्रशोधन ०.०६, लघुवित्त ०.७९ र म्युचुअल फन्ड ०.०५ प्रतिशतले घटेको छ। बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सप्तकोशी डेभलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ। यो कम्पनीको मंगलबार ८२ करोड दुई लाख ३६ हजार ९१० रुपैयाँ बराबरको आठ लाख ९३ हजार ८५ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: ६ फागुन २०८१ १६:२५ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast