सुरु हुँदै च्याम्पियन्स ट्रफी क्रिकेट शृंखला : कँराचीमा भिड्दैछन् पाकिस्तान र न्युजिल्यान्ड

हिमाल प्रेस ७ फागुन २०८१ ९:३० | Wednesday, February 19, 2025
सुरु हुँदै च्याम्पियन्स ट्रफी क्रिकेट शृंखला : कँराचीमा भिड्दैछन् पाकिस्तान र न्युजिल्यान्ड फाइल तस्बिर / आईसीसी

काठमाडौँ- आईसीसी च्याम्पियन्स ट्रफीका खेल आजदेखि सुरु हुँदैछन्। पाकिस्तानको घरेलु मैदानको उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। खेल आज दिउँसो नेपाली समयअनुसार २:४५ मा कँराचीमा हुने छ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता १९ दिन चल्दा १५ खेल हुने छन्। ८ टिमलाई ४-४ वटाको दुई समूहमा विभाजना गरिएको छ। समूह चरणमा एक टिमले ३ खेल खेल्ने छ।

समूहको शीर्ष २ मा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन्।

भारत खेल्ने सबै खेल यूएईमा हुने छन् भने अन्य खेल पाकिस्तानमा हुने छन्।

पाकिस्तान आइसीसी च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन हो। पाकिस्तानले २०१७ मा उपाधि जितेको थियो। च्याम्पियन्स ट्रफी खेलेका बंगलादेश, इंग्ल्यान्ड, केन्या, नेदरल्यान्ड्स, अमेरिका र जिम्बाबेले उपाधि जित्न सकेका छैनन्। त्यस्तै यस पटक अफगानिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्दैछ।

प्रकाशित: ७ फागुन २०८१ ९:३० | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast