सुपुष्पा भन्छिन्- ‘फेरि रेशम फिलिली’ स्क्रिप्ट जस्तै बनेको छ

हिमाल प्रेस ११ फागुन २०८१ १५:०५ | Sunday, February 23, 2025
सुपुष्पा भन्छिन्- ‘फेरि रेशम फिलिली’ स्क्रिप्ट जस्तै बनेको छ

काठमाडौँ- फिल्म ‘रणवीर’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सुपुष्पा भट्टकाे मुख्य भूमिकामा  फिल्म ‘फेरि रेशम फिलिली’ प्रदर्शन मिति नजिकिँदै छ।

सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो फिल्म उनको होम प्रोडक्सन हो। फिल्मका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्।

फिल्ममा ‘फिलिली गर्ल’ बन्दै छु भन्ने थाहा पाउँदा उनलाई कस्तो लागेको थियो त? सुपुष्पा भन्छिन, ‘ त्यो क्षण सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुशी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो फिल्ममा काम गर्न पाएँ भनेर निकै खुशी भएँ।’

निर्देशक निरोज महर्जनले स्क्रिप्ट लेख्दै गर्दा सुपुष्पालाई फिट देखे। त्यसैले अरू अभिनेत्री खोज्ने कष्ट गरेनन् पनि। सिक्वेलमा पहिलो श्रृंखलाका सबैजसो कलाकार छन्।

फिल्मको मुख्य महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो फिल्मको चुनौती सामना गर्नुपर्ने देखिन्छ।

तर उनी पहिलो भाग र दोस्रो भाग तुलना गर्न नमिल्ने बताउँछिन्। ‘पहिलेको महिला पात्र र अहिले मैले गरेको पात्र तुलना गर्न मिल्दैन्। दुवै पात्र बिल्कुलै फरक छन्।’ उनी भनिन्। सुपुष्पाकाअनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ।

‘फिल्मको कुरा आउँदा मलाई स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ। फिल्ममा स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो’, आत्मविश्वासको भाव प्रकट गर्दै उनले भनिन्, ‘फिल्म जसरी कथा लेखिएको थियो, त्यसैगरी पर्दामा उत्रिएको छ।’

फिल्म यही फागुन १४ देखि प्रदर्शन हुँदैछ। उनीसहित फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापालगायतको अभिनय छ।

प्रकाशित: ११ फागुन २०८१ १५:०५ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast