सुनको मूल्य प्रतितोला एक लाख ७० हजार बढी

हिमाल प्रेस ७ फागुन २०८१ ११:१९ | Wednesday, February 19, 2025
सुनको मूल्य प्रतितोला एक लाख ७० हजार बढी

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रकाशित: ७ फागुन २०८१ ११:१९ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast