सुनको मूल्य तोलामा १२ सयले बढ्यो

हिमाल प्रेस ५ फागुन २०८१ ११:२२ | Monday, February 17, 2025
सुनको मूल्य तोलामा १२ सयले बढ्यो

काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ। आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा खरिदबिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ५ फागुन २०८१ ११:२२ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast