सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला

हिमाल प्रेस १० फागुन २०८१ १६:२५ | Saturday, February 22, 2025
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापन पक्षको भेला सम्पन्न भएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निवासमा शनिबार संस्थापन पक्षको भेला बसेको हो।

कांग्रेस नेताहरू १५ औँ महाधिवेशनको तयारीमा जुटेका बेला संस्थापन पक्षको भेला बसेको हो।

भेलाले संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निकष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए।

भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, केन्द्रीय सदस्य तथा प्रदेशमन्त्री कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भुपेन्द्र राई, पूर्वमन्त्री भिमसेनदा प्रधान, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जित शेरचन, तारकेस्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १० फागुन २०८१ १६:२५ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast