 कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी
                             कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी
                                            काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयले किसानकै पक्षमा काम गरि रहेको बताएका छन्।
युवा किसान सञ्जालले बिहीबार काठमाडौँमा आयोजना गरेको किसान सम्मान एंव अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा भएका कार्य र निर्णयहरु समग्र कृषि र किसानको पक्षमा भएको दाबी गरे।
‘कृषि मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको छ, अझै थुप्रै कामहरु गर्न बाँकी छ जसको सकारात्मक प्रतिफल देखिँदै जाने छ,’ मन्त्री अधिकारीले भने।
उनले चाँडै कृषि ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए। ‘कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ, कृषिमार्फत हामीले चाहेको समृद्धि नयाँ ऐन मार्फत प्राप्त हुन सक्ने गरी तयार हुँदैछ,’ मन्त्री अधिकारीले भने, ‘ऐन चाँडै मन्त्रीपरिषद हुँदै संसदमा पुग्दैछ।’
कृषिमार्फत गरिबी घटाउँदै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पु¥याउने लक्ष्य ऐनले बोकेको उनको भनाइ छ।
‘किसानलाई परिचयपत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्देछौँ , प्रधानमन्त्रीवाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ,’ उनले भने।
मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्षयता अनुदान लिएकाहरुको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै यसको उपलब्धी खोज्ने काम भइरहेको बताए।
मन्त्री अधिकारीले सिहदरबार चहारेर अनुदान लिने विगतको प्रवृत्ति अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिद्धता व्यक्त गरे।
किसानले समयमा मल र बिउ नपाउने मन्त्रालय के गरेर बसेको छ भन्ने प्रश्न उठ्ने गरेको भन्दै मन्त्री अधिकारीले ठूलो रकम रासायनिक मलमा अनुदान गएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको पनि महत्वपुर्ण भुमिका हुने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 