सामाजिक सञ्जालसम्बन्धी विधेयक पास भए अभिव्यक्ति स्वतन्त्रतामाथि आघात : कोइराला

हिमाल प्रेस ६ फागुन २०८१ १३:३४ | Tuesday, February 18, 2025
सामाजिक सञ्जालसम्बन्धी विधेयक पास भए अभिव्यक्ति स्वतन्त्रतामाथि आघात : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा‍‍‍.शेखर कोइरालाले सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको त्यस्तै पास भए अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले विधेयक पास भए अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्ने बताएका हुन्।

सांसदसमेत रहेका डा‍‍‍.कोइरालाले नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाउने कुरामा दुई मत नभएको भन्दै विधेयक फिर्ता गरेर सामाजिक सञ्जाल प्रयोग गर्नेहरूसँग बसेर छलफल गर्नुपर्ने बताए।

उनले भने,‘सामाजिक सञ्जाल विधेयक भर्खर संसद्मा गएको छ,छलफल हुन बाँकी नै छ। जसरी यो विधेयक आएको छ र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्छ। नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन भन्ने कुरामा दुई मत छैन।’

कुनै पनि हालतमा विधेयक फिर्ता गरेर स्टेक होल्डर र अन्य सामाजिक सञ्जालको प्रयोग गर्नेहरूसँग बसेर छलफल गरेर मात्र विधेयक ल्याउन जरुरी रहेको डा‍‍‍.कोइरालाको भनाइ छ।

प्रकाशित: ६ फागुन २०८१ १३:३४ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast