साझा प्रकाशनको सञ्चालक समिति अध्यक्षमा शेखर गिरी निर्वाचित

हिमाल प्रेस १० फागुन २०८१ २१:२० | Saturday, February 22, 2025
साझा प्रकाशनको सञ्चालक समिति अध्यक्षमा शेखर गिरी निर्वाचित

काठमाडौँ- साझा प्रकाशनको सञ्चालक समिति अध्यक्ष पदमा शेखर गिरी निर्वाचित भएका छन्। साझा प्रकाशनको शनिबार सम्पन्न पच्चीसौँ साधारणसभाले गिरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

सञ्चालक समितिको सदस्यमा प्रा.डा. ध्रुव घिमिरे, मनोहर लामिछाने र जयन्ता पोखरेल चयन भएका छन्। लेखा सुपरीवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र वसुधा बस्नेत पाण्डे निर्वाचित भएको साझा प्रकाशनले जनाएको छ।

निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको रहनेछ। नवनिर्वाचित अध्यक्ष गिरीले अक्षरको मन्दिर साझा प्रकाशनलाई विस्तृत कार्ययोजना बनाई नयाँ ढाँचामा अगाडि बढाउने बताएका छन्।

प्रकाशित: १० फागुन २०८१ २१:२० | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast