सहमतिमा अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

हिमाल प्रेस ३ फागुन २०८१ १७:११ | Saturday, February 15, 2025
सहमतिमा अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

मोरङ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहयोगमा हालै जारी भएका अध्यादेश पारित हुने विश्वास व्यक्त गरे।

सदनको बैठक नभएकाले बाध्यात्मक परिस्थितिमा अध्यादेश जारी गर्नुपरेको स्पष्ट गर्दै महासचिव पोखरेलले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका साथै अन्य राष्ट्रिय विषयलाई सम्बोधन गर्न अध्यादेश जारी गरिएको उनको भनाइ थियो।

सरकारले हालै सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गरेको हो।

प्रकाशित: ३ फागुन २०८१ १७:११ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast