सरकारले संसद्‍मा बलमिचाइँ गर्‍यो : शर्मा

हिमाल प्रेस १३ फागुन २०८१ १६:०६ | Tuesday, February 25, 2025
सरकारले संसद्‍मा बलमिचाइँ गर्‍यो : शर्मा

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले लोकतन्त्र एवं संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक भएको बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद शर्माले सरकारले संसद्‍मा बलमिचाइँ गरेको आरोप लगाइन्। सांसदहरूले गल्ती गर्नेप्रति खबरदारीगर्दा संसद् र बाहिर उनीहरूलाई होच्याउने र खिसीटिउरी गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

‘समितिमा विचाराधीन विधेयक फिर्ता नलिएर विधेयक ल्याइन्छ। संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीले संशोधन गर्नुहुन्छ। प्रश्नोत्तर कार्यक्रममा जवाफ दिइन्न। संसद्‍मा उठेका प्रश्नको जवाफ सरकारले होइन सत्तारूढ दलका सांसदहरूले दिने गरेका छन्’, उनले भने,‘यस प्रकारको गतिविधि रोकिनुपर्छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्को अधिकार प्रयोग गर्न पाउनुपर्छ। यसका लागि सभामुखमार्फत ‘रुलिङ’को माग गर्दछु।’

सांसद शर्माले स्वर्गद्वारी गुठी पीडित किसानका समस्या समाधान गर्न सरकारसँग माग गरिन्। सम्पत्ति शुद्धीकरण मामलामा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेको र यसबाट बाहिरिनका लागि नेपालले गरिरहेका कामबारे संसद्लाई जानकारी गराउन समेत उनले सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित: १३ फागुन २०८१ १६:०६ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast