सम्मालिन सकेन चेल्सी, भिल्लाको साघुरो जित

हिमाल प्रेस ११ फागुन २०८१ ८:५९ | Sunday, February 23, 2025
सम्मालिन सकेन चेल्सी, भिल्लाको साघुरो जित चेल्सी टिम। तस्बिर : फेसबुक

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा चेल्सी फेरि पराजित बनेको छ। लगातार हारको सामना गरिरहेको एस्टन भिल्लाले साघुरो जित निकाल्दा चेल्सी अंकतालिकामा छैटौँ स्थानमा पुगेको छ।

शनिबार रातिको खेलमा जित निकालेको भए चेल्सी ५ ‍औँ स्थानमा पुग्ने निश्चित थियो। तर भिल्लाको घरेलु मैदानमा जित निकाल्न चुक्यो।

भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे। पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे। खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो। ९औं मिनेटमा नै फर्नान्डेजले चेल्सीका लागि गोल गरेका थिए। पहिलो हाफ चेल्सीले १-० को अग्रतामा नै समाप्त गरेको थियो । तर, खेलको ५७औं मिनेटमा असेन्सियोले भिल्लाका लागि बराबरी गोल गरे।

निर्धारित समयको अन्तिम मिनेटमा सम्मालिन नसक्दा चेल्सीले हार बेहोर्न पुग्यो। खेलको ८९औं मिनेटमा असेन्सियोले भिल्लाका लागि निर्णायक गोल गरे। र, टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

जितसँगै भिल्ला २७ खेलमा ४२ अंकका साथ सातौं स्थानमा छ। १ खेल कम खेलको चेल्सी ४३ अंकका साथ छैठौं स्थानमा छ । लिभरपुल २६ खेलमा ६१ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित: ११ फागुन २०८१ ८:५९ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast