‘सम्पर्कविहीन’ प्रहरीलाई हाजिर हुन आउन हेडक्वार्टरको निर्देशन

हिमाल प्रेस ११ फागुन २०८१ ८:२८ | Sunday, February 23, 2025
‘सम्पर्कविहीन’ प्रहरीलाई हाजिर हुन आउन हेडक्वार्टरको निर्देशन प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका १० प्रहरी हेडक्वार्टर (प्रहरी प्रधान कार्यालय)कै सम्पर्कविहीन बनेका छन्। उनीहरूलाई सम्पर्कमा आउन हेडक्वार्टर निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा सहायक अबलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन्।

प्रकाशित: ११ फागुन २०८१ ८:२८ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast