सट्टाबाजीमा संलग्न २३ भारतीय सार्वजनिक

हिमाल प्रेस २९ माघ २०८१ २०:३७ | Tuesday, February 11, 2025
सट्टाबाजीमा संलग्न २३ भारतीय सार्वजनिक

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले सट्टाबाजीमा संलग्न २३ भारतीय नागरिकलाई मंगलबार सार्वजनिक गरेको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले ८१ हजार नगद, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटीएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो। पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले यो प्रकरणमा करिब तीन अर्ब रुपैयाँको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए।

उनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रणलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर संगठनले काम गरिरहेको बताए।

प्रकाशित: २९ माघ २०८१ २०:३७ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast