संसद् दुर्व्यसनीको अड्डाजस्तै बन्यो : किराती

हिमाल प्रेस ६ फागुन २०८१ १४:१२ | Tuesday, February 18, 2025
संसद् दुर्व्यसनीको अड्डाजस्तै बन्यो : किराती सुदन किराती।

काठमाडौँ- माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री सुदन किरातीले संसद् दुर्व्यसनीको अड्डाजस्तै बनेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संसद्मा नागरिकको एजेन्डाले ठाउँ पाउन छाड्यो। बरु मिडिया खपतका लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डाजस्तै संसद् बन्दै गएको छ।’

उनले केही दिनअगाडि प्रधानमन्त्रीसँग भएको सवालजवाफमा संसद्को कुरुप चित्र देखेर दुनियाँ हाँँसेको दाबी गरे। किरातीले भने, ‘सायद सभामुख महोदयलाई पनि भित्रभित्र लज्जाबोध भएको होला।’

यसैगरी उनले भारतको उडिसामा नेपाली छात्राको मृत्यु भएको विषयमा सांसदहरूलाई बोल्न नदिएको भनेर आपत्ति जनाए। उनले प्रश्न गरे, ‘आज बोल्न मिल्ने, हिजो बोल्न नमिल्ने किन होला सभामुख महोदय?’

प्रकाशित: ६ फागुन २०८१ १४:१२ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast