संसदीय समितिमा संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति

हिमाल प्रेस १ फागुन २०८१ १६:५४ | Thursday, February 13, 2025
संसदीय समितिमा संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बिहीबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६  मा रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो।

बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो। छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुनेबित्तिकै कार्यमूल्यांकन गर्न उचित नहुने धारणा राखेका थिए। सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्यांकन कार्यप्रकृति बुझेर काम सुरु गरेपछि मात्रै गर्नुपर्ने बताए।

सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्यांकन गर्दा दुई वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए। उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुराउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। उनले समितिमा परेको उजुरीहरु अध्ययन गर्नका लागि सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय भएको छ।

प्रकाशित: १ फागुन २०८१ १६:५४ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast