शिक्षा मन्त्रालयद्वारा जनक शिक्षाको प्रबन्धकको लागि दरखास्त आह्वान

हिमाल प्रेस २९ माघ २०८१ १५:३० | Tuesday, February 11, 2025
शिक्षा मन्त्रालयद्वारा जनक शिक्षाको प्रबन्धकको लागि दरखास्त आह्वान फाइल तस्बिर

काठमाडौँ- विद्यालय तहको पाठ्यपुस्तक छपाई तथा वितरण गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रमा नयाँ प्रबन्ध सञ्चालकका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ।

४ वर्ष अघि नियुक्त अनिल झाको कार्यकाल आउँदो फागुन १० गते सकिने भएपछि मन्त्रालयले प्रबन्ध सञ्चालकको छनौट तथा सिफारिस सम्बन्धि कार्यविधि २०८१ तयार गरी दरखास्त आह्वान गरेको हो। सात दिनभित्र दरखास्त बुझाउन मन्त्रालयले सूचित गरेको छ।

 जनक शिक्षामा खुला विज्ञापनबाट प्रबन्धक छनौट सुरु भएको यो दोस्रो पटक हो। ४ वर्षअघि खुला प्रतिस्पर्धाबाट झा छानिएका थिए।

प्रकाशित: २९ माघ २०८१ १५:३० | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast