शिक्षा ऐनमा माग समावेश गराउन एकजुट हुँदै सुनसरीका ईसीडी शिक्षक

हिमाल प्रेस ५ फागुन २०८१ १२:५८ | Monday, February 17, 2025
शिक्षा ऐनमा माग समावेश गराउन एकजुट हुँदै सुनसरीका ईसीडी शिक्षक

काठमाडौँ- बालविकास शिक्षक जिल्ला कार्यसमिति सुनसरीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेको छ।

लामो समयदेखि आफ्ना पेसागत मागमुद्दाबारे सरकारको ध्यानाकर्षण गराउँदै आएका ईसीडी शिक्षकहरूले नयाँ शिक्षा ऐनको रूपमा जारी हुन लागेको उक्त विधेयकमाथि शनिबार छलफल गरेका हुन्।

अध्यक्ष कार्कीले शिक्षा ऐनमा पेसागत मागहरू समावेश गराउन ईसीडी शिक्षकहरू एकजुट हुनुपर्ने बताइन्। उनले भनिन्,‘१३ सदस्यीय हाम्रो कार्यसमितिले सबै पालिकाका बालविकास शिक्षक साथीहरूको सल्लाह लिएर केन्द्रमा जानुपर्छ भन्ने छलफल भयो।’

बालविकास शिक्षक जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष मेनुका कार्कीले शिक्षा ऐनमा बालविकास शिक्षकका माग समेट्नुपर्ने बताइन्।

भगवती मावि इनरुवामा बसेको बैठकमा वर्षौंदेखि सरकारले माग सम्बोधन नगर्दा विद्यालयमा लामो समय सेवा गरेका ईसीडी शिक्षक अन्याय र पीडामा परेको विषयमाथि गहन छलफल भएको कार्कीले बताइन्।

प्रकाशित: ५ फागुन २०८१ १२:५८ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast