काठमाडौँ- नेपाल शिक्षक महासंघका राष्ट्रिय समितिले देशव्यापी आन्दोलन गरेको छ।
आन्दोलनका कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा महासंघको नगर कार्यसमितिले कालोपट्टि बाँधी खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन परिचालन समिति बनाएर सबै पालिकामा कालोपट्टि बाँधेर खबरदारी जुलुससहित ध्यानाकर्षण बुझाउन अनुरोध गरेका थिए।
शिक्षक कर्मचारीसँग सरकारले पटकपटक गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासंघले आन्दोलन सुरु गरेको हो।








                            प्रकाशित: ६ फागुन  २०८१ १५:३९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

