वीरगन्ज भन्सार कार्यालयले संकलन गर्‍याे ९४ अर्ब ५२ करोड राजस्व 

हिमाल प्रेस ९ फागुन २०८१ ११:०९ | Friday, February 21, 2025
वीरगन्ज भन्सार कार्यालयले संकलन गर्‍याे ९४ अर्ब ५२ करोड राजस्व 

पर्सा- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो गत आवको सोही अवधिमा  संकलित रकममा सात अर्ब ९५ करोडले बढी हो।

उक्त कार्यालयले उक्त अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो। ‘दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ’, उनले भने।

गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो। यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ।

प्रकाशित: ९ फागुन २०८१ ११:०९ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast