 विराट कोहली
                             विराट कोहली
                                            काठमाडौँ- भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने ब्याटर बनेका छन्।
आईसीसी च्याम्पियनसिप २०२५ अन्तर्गत आइतबार पाकिस्तानविरूद्धको खेलमा कोहलीले यो कीर्तिमान बनाएका हुन्। उनको यो २९९ औँ म्याच हो।
यो रन उनले २८७ इनिङमा पूरा गरेका हुन्। कोहलीले यो रन ५७.८६ औसत र ९३.४४ को स्ट्राइक रेटले बनाएका छन्।
                            प्रकाशित: ११ फागुन  २०८१ २१:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 