विपिन जोशीको रिहाइको कामना गर्दै इजरायलमा दीप प्रज्वलन

हिमाल प्रेस २ फागुन २०८१ १६:१० | Friday, February 14, 2025
विपिन जोशीको रिहाइको कामना गर्दै इजरायलमा दीप प्रज्वलन विपिन जोशीको रिहाइको कामना गर्दै इजरायलमा दीप प्रज्वलन।

काठमाडौँ – हमासको बन्धकमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको कामना गर्दै इजरायलमा दीप प्रज्वलन गरिएको छ। जोशीको रिहाइको कामना गर्दै न्युयोर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले इजरायलमा दीप प्रज्वलन गरेका हुन्।

रिजालले इजरायलको दक्षिणी क्षेत्रमा रहेको बिक्कजु अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा जोशीको सुरक्षित रिहाइको कामना गर्दै दीप प्रज्वलन गरेका छन्।

नेपालीलगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै रिजालले भने,‘त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूति तथा एक्यबद्धताको प्रतीक पनि हो।’

उनले नेपाली विद्यार्थी जोशीका साथै सबै बन्धकको रिहाइका लागि विश्व समुदायले पहल गर्नुपर्ने उल्लेख गरे। रिजालले भने,‘इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरू बचाउने प्रयासका क्रममा विपिन अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गछौँ र सबै निदोर्ष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।’

अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी इजरायलमा रहेका १० नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्ध अवस्थामै रहेका भनिएका जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गरिरहेको छ।

प्रकाशित: २ फागुन २०८१ १६:१० | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast