विद्यार्थी राजनीतिबाट ‘अवकाश’ नेतालाई माओवादीले दियो भूगोलको जिम्मेवारी

हिमाल प्रेस २८ माघ २०८१ ९:३३ | Monday, February 10, 2025
विद्यार्थी राजनीतिबाट ‘अवकाश’ नेतालाई माओवादीले दियो भूगोलको जिम्मेवारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केही समयअघिसम्म विद्यार्थी राजनीति गरेका नेताहरूलाई भूगोलको जिम्मा दिएको छ। ३२ वर्षे उमेरहदले विद्यार्थी राजनीतिबाट ‘अवकाश’ पाएका उनीहरूले आफ्नै जिल्ला र प्रदेशमा खटिनेगरी जिम्मेवारी पाएका छन्।

गएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उनीहरू उमेरहदको कारण विद्यार्थी राजनीतिबाट बाहिरिएका थिए। उमेर हद लागेसँगै क्रान्तिकारीका निवर्तमान उपाध्यक्षहरू, महासचिव र सचिवबाट बाहिरिएका थिए। उनीहरूलाई के जिम्मेवारी दिने अन्योल थियो। अवकाशप्राप्त विद्यार्थीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन अनुरोध गरिएको थियो। तर यसअघि बसेको माओवादी पदाधिकारी बैठकले उनीहरूलाई भूगोलबाट तोकेको हो।

माओवादीको आइतबार जारी सर्कुलरअनुसार पूर्वउपाध्यक्षहरू गणेशप्रसाद मैनाली (जीपी) मैनालीलाई बागमती प्रदेश, तुकमान महरा लुम्बिनी प्रदेश, मिलन एमसीलाई लुम्बिनीप्रदेश, लक्ष्मीप्रसाद जोशी– सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ।

नरेश रेग्मीलाई विभाग (नीति), प्रविणा अधिकारीलाई गण्डकी प्रदेश, गजेन्द्रप्रसाद देवलाई मधेस प्रदेश, मदन भुललाई सुदूरपश्चिम प्रदेश र मदन भट्टराईलाई कोशी प्रदेशको जिम्मेवारी दिएको छ।

सूर्यनारायण साहलाई मधेश प्रदेश, पवन कार्कीलाई बागमती प्रदेश, क्षितिज सापकोटालाई बागमती प्रदेश, नारायण खनाललाई विभाग (नीति), अम्मराज शाहीलाई कर्णाली प्रदेश, अच्युत भट्टलाई सुदूरपश्चिम प्रदेश, केशव रावल र दिपेश पुनलाई लुम्बिनी प्रदेशमा जिम्मा दिएको छ।

पूर्वविद्यार्थी नेताहरू झापाका वीरेन्द्र बस्नेतलाई केन्द्रीय सदस्य म्याग्दीका रेशम जुग्जाली मगर, बाग्लुङका धनबहादुर बिक र तनहुँका मदन आले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

प्रकाशित: २८ माघ २०८१ ९:३३ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast