 
                             
                                            काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।
त्यसैगरी आज युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा भएको छ।कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ५० पैसा कायम भएको छ।
बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९७ पैसा कायम भएको छ।
                            प्रकाशित: ११ फागुन  २०८१ ६:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 