विदेशबाट आयात हुने कृषि उपजमा कर लगाउनुपर्छ : प्रकाशशरण महत

हिमाल प्रेस ७ फागुन २०८१ २१:०१ | Wednesday, February 19, 2025
विदेशबाट आयात हुने कृषि उपजमा कर लगाउनुपर्छ : प्रकाशशरण महत प्रकाशशरण महत । फाइल तस्बिर

त्रिशूली (नुवाकोट)- नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशबाट आयात हुने कृषिजन्य उपजमा कर लगाउनुपर्ने बताएका छन्।

नेपाल किसान महासंघ नुवाकोटको आज (मंगलबार) विदुरमा आयोजित जिल्ला अधिवेशनमा प्रवक्ता महतले नेपालका किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारमा सहज रूपमा पुर्‍याएर लागत अनुसारको आम्दानी लिन विदेशबाट भित्रने कृषि सामग्रीमा कर लगाउनुपर्ने बताएका हुन्।

‘विदेशबाट भित्रने कृषि सामग्रीको बजारीकरण गर्न सस्तो मूल्यमा प्रशस्त उपलब्ध गराई स्वदेशी उत्पादनलाई निरूत्साहित बनाउन विदेशी बिचौलिया केन्द्रित हुन्छन्,’ प्रवक्ता महतले भने, ‘नियोजित रूपमा आन्तरिक उत्पादनले आत्मनिर्भर हुन नसक्ने बनाइ त्यसपश्चात महँगो बनाउँछन्। त्यसबाट बच्न कृषि सामग्रीको भन्सार विन्दुमा कर लगाई नेपाली किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ।’

कृषि पेसालाई सम्मानित बनाउन नसक्दा नेपाल कृषिप्रधान देश भए पनि यहाँको उत्पादनले आत्मनिर्भर हुन नसकेको उनले बताए। त्यसका लागि युवालाई प्राविधिक शिक्षा र सीप विकासमा संलग्न गराई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको प्रवक्ता महतको भनाइ छ। रासस

प्रकाशित: ७ फागुन २०८१ २१:०१ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast