वामपन्थी शक्तिबीच चाँडै एकता हुन्छ : पुन

हिमाल प्रेस १ फागुन २०८१ २१:२० | Thursday, February 13, 2025
वामपन्थी शक्तिबीच चाँडै एकता हुन्छ : पुन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

खोटाङ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले २०५२ साल फागुन १ मा माओवादीले सुरु गरेको सशस्त्र संघर्षलाई इतिहासले स्वीकार गरिसकेको बताए।

उनले भने, ‘सशस्त्र संघर्षकै जगमा भएको जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भएको छ। समानताको मुद्दा संविधानमा लिपिबद्ध भएको छ।’

नेता पुनले विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुनेसमेत बताए। उनले आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेगरी तयारीमा जुटेको जानकारी दिए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यहरु समिता कार्की र दुर्गाजयन्ती राई, प्रदेश सदस्य टंक थापा, प्रदेश सदस्य एवं खोटेहाङ गाउँपालिका पार्टी सहइञ्चार्ज इन्द्र नाराथुङ्गेलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा सहिद, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्तालगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: १ फागुन २०८१ २१:२० | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast