 
                             
                                            काठमाडौँ- गायक तथा अभिनेता प्रकास सपुतको डेब्यु निर्देशित फिल्म ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ। भिडियोमा फिल्मका मुख्य पात्र प्रकाश सपुत र स्वस्तिमा खड्काको प्रेम देखाइएको छ।
निर्माण टिमले यसलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ। फिल्म आगामी चैत २२ मा प्रदर्शन हुनेछ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्। फिल्म विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथामा बनेको छ।
                            प्रकाशित: २९ माघ  २०८१ १६:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 