लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ

हिमाल प्रेस ३ फागुन २०८१ १९:१७ | Saturday, February 15, 2025
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ फाइल तस्बिर।

काठमाडौँ– लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र संघको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ।

आक्रमणमा बलको निवर्तमान उपकमाण्डर सहित दुई शान्ति सेना घाइते भएका थिए। संयुक्त राष्ट्र संघ र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन्।

‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठक पछि पत्रकारहरूलाई भने, ‘यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ।’

उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते भएका छन्। साथै, लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ।

युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए।

प्रधानमन्त्री नवाफ सलामले आक्रमणको निन्दा गरेका छन्। लेबनानका लागि संयुक्त राष्ट्र संघका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उनले दोषीहरूलाई पक्राउ गर्ने प्रतिबद्धता गरे।-रासस/एएफपी

प्रकाशित: ३ फागुन २०८१ १९:१७ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast