लिग लिडर लिभरपुलको अर्को जित, युनाइटेडको फर्किएन लय

हिमाल प्रेस ५ फागुन २०८१ ६:५० | Monday, February 17, 2025
लिग लिडर लिभरपुलको अर्को जित, युनाइटेडको फर्किएन लय

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले अर्को जित निकालेको छ। आइतबार राति वुल्भ्ससँगको खेलमा २–१ को जित निकाल्दै लिगमा फराकिलो अंक दूरी कायम गरेको छ।

लिभरपुलको २५ खेलबाट ६० अंक छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५३ अंक छ। लिभरपुलको जितका लागि लुइस डियाज, महोम्मद सलाहले गोल गरेका थिए।

१५औँ मिनेटमै लिभरपुलले लुइस डियाजले गोल गरेर अग्रता दिलाएका थिए भने ३७औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल २-० मा पुर्‍याए। ६७औं मिनेटमा म्याथ्युस कुन्हाले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन। यता प्रिमियर लिगमै टोटेनहमसँग म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा टोटेनहमले १-० को जित दर्ता गरेको हो। स्पर्सको जितमा मिडफिल्डर जेम्स म्याडीसनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो। उनले खेलको १३ औं मिनेटमा गोलरक्षक आन्द्रे ओनानाले लुकास बर्ग्वलको प्रहार बचाउने क्रममा फर्काएको बललाई गोलमा परिणत गरेका थिए ।

यस जितसँगै टोटेनहम अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ । टोटेनहमको २५ खेलमा ३० अंक रहेको छ । युनाइटेड भने २९ अंकका साथ १५ औं स्थानमा छ ।

प्रकाशित: ५ फागुन २०८१ ६:५० | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast