लालिगाको शीर्षमा बार्सिलोनाको पुनरागमन, दोस्रोमा झर्‍यो रियल

हिमाल प्रेस ६ फागुन २०८१ ६:४४ | Tuesday, February 18, 2025
लालिगाको शीर्षमा बार्सिलोनाको पुनरागमन, दोस्रोमा झर्‍यो रियल

काठमाडौँ- स्पेनिस लालिगाको शीर्ष स्थानमा बार्सिलोनाले पुनरागमन गरेको छ। २४ खेलबाट ५१ अंक ल्याएर बार्सिलोना शीर्षमा फर्किदा समान खेलबाट समान अंकतालिकासहित दोस्रोमा झरेको छ।

यद्यपि, गोलका आधारमा रियल दोस्रो बनेको हो। बार्सिलोनालाई शीर्षमा फर्किन भालेकानोमाथि सोमबार रातिको खेलमा जित हासिल गरेको थियो। खेलमा रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए।

खेलको २८ औँ मिेनटमा लेवान्डोस्कीले पेनाल्टीमा गरेको गोल नै जितका लागि बार्सिलोनालाई पर्याप्त भयो। समान खेलबाट ५० अंक भएको एथलेटिको तेस्रो स्थानमा छ।

प्रकाशित: ६ फागुन २०८१ ६:४४ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast