‘लाज शरणम’को प्रदर्शन अन्योलमा, सेन्सर बोर्डले अफतावबारे के भन्यो?

हिमाल प्रेस १० फागुन २०८१ ७:३२ | Saturday, February 22, 2025
‘लाज शरणम’को प्रदर्शन अन्योलमा, सेन्सर बोर्डले अफतावबारे के भन्यो?

काठमाडौँ- यतिबेला फिल्म ‘लाज शरणम’ प्रचार रोकिएको छ। पूर्वमन्त्री अफताव आलमले मुद्दा हालेका कारण अदालतले प्रचार रोक्न भनेको छ। यसैले सक्किगोनि टिमले बनाएको यो फिल्म प्रदर्शन हुने नहुने अनिश्चित छ।

आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए। अदालतले अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो। अब सेन्सर बोर्डले के भन्छ, त्यो चासोको विषय बनेको छ।

शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा सो फिल्मको जाँच गरिएको हो। मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित जाँचमा सेन्सर पासचाहि भइनसकेको बताइएको छ । फिल्मसँग सम्बन्धित केही कुराहरु मिलाउनुपर्ने भन्दै फिल्म टिमलाई आइतबार पनि बोलाइएको छ ।

फिल्मको जाँचअघि संचार मन्त्रालयमा बोर्ड पदाधिकारीहरूको बैठक बसेको थियो। सो बैठकसँगै सबै सदस्यले फिल्मको स्क्रिप्ट अध्ययन गरेका थिए। स्क्रिप्ट अध्ययनको क्रममा पनि फिल्मको विषयवस्तु सामान्य नै पाइएको बताइएको छ ।

प्रकाशित: १० फागुन २०८१ ७:३२ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast