लज्जास्पद हारले बाहिरियो सिटी, अन्तिम १६ मा रियल

हिमाल प्रेस ८ फागुन २०८१ ७:०३ | Thursday, February 20, 2025
लज्जास्पद हारले बाहिरियो सिटी, अन्तिम १६ मा रियल

काठमाडौँ- फ्रान्स फरवार्ड किलियन एम्बाप्पेको ह्याट्रिकसँगै स्पेनिस टिम रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तिम १६ मा पुगेको छ। इंग्लिस टिम म्यान्चेस्टर सिटीलाई लज्जास्पद हार व्यहोराउँदै रियलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। रियलले समग्रमा सिटीलाई ६-३ गोलले हरायो।

पहिलो लेगमा ३-२ गोलले हराएको सिटीलाई रियलले बुधबार राति भएको दोस्रो लेगमा ३-१ गोलले पराजित गर्‍यो।

घरेलु मैदानमा रियलको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे। उनले खेलको चौथो, ३३ र ६१ मिनेटमा गोल गर्दा रियल सजिलै अन्तिम १६ मा पुग्यो। सिटीका लागि निको गोन्जालेजले ९०.२ मिनेटमा गरेको गोल सन्त्वनामै सीमित बन्यो।

प्रकाशित: ८ फागुन २०८१ ७:०३ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast