काठमाडौँ- रोल्पा नगरपालिका अगाडि आज नेपाल शिक्षक महासंघ नगर कार्यसमिति उभिएको छ।
शिक्षक कर्मचारीसँग सरकारले पटकपटक गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासंघ पालिका अगाडि उभिएको हो।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले गत माघ २० गते घोषणा गरेको आन्दोलनको कार्यतालिकाअन्तगर्त आज ७५३ वटै पालिकामा कालोपट्टि बाँधेर खबरदारी जुलुससहित शिक्षा ऐनका लागि ध्यानाकर्षण गराइएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पालिकास्तरको आन्दोलन परिचालन समिति बनाउन पनि अनुरोध गरेका छन्।

                            प्रकाशित: ६ फागुन  २०८१ १३:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

