रियाद राजदूतावासमा मनाइयो प्रजातन्त्र दिवस

हिमाल प्रेस ७ फागुन २०८१ १७:१० | Wednesday, February 19, 2025
रियाद राजदूतावासमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौँ- साउदी अरेबियाको रियादस्थित नेपाली राजदूतावासले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाएको छ।

प्रजातन्त्र दिवसको अवसरमा दूतावासले झण्डोत्तोलन कार्यक्रमको आयोजना गरेको हो।

यस अवसरमा राजदूत डा.नरेशक्रिम ढकालले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा साउदी अरेबियालगायत विदेश एवं स्वदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

उनले प्रजातन्त्र प्राप्तिका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठलगायतका सहिदले गरेको योगदानको चर्चा गरे।

दूतावास परिसरमा तीन दिनसम्म राष्ट्रिय झण्डा पहराउने र दीप प्रज्वलन गर्ने कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने दूतवासले जनाएको छ।

प्रकाशित: ७ फागुन २०८१ १७:१० | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast