राष्ट्रियसभा वृद्धाश्रम होइन, पाकाहरूको सदन हो : सांसद पन्त

हिमाल प्रेस ५ फागुन २०८१ १५:०१ | Monday, February 17, 2025
राष्ट्रियसभा वृद्धाश्रम होइन, पाकाहरूको सदन हो : सांसद पन्त

काठमाडौँ- नेकपा एमाले सांसद रघुजी पन्तले राष्ट्रियसभा कुनै वृद्धाश्रम नभएको बरु पाकाहरूको सदन भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्दै सांसद पन्तले राष्ट्रियसभा पाकाहरूको सदन भएको बताएका हुन्।

‘हाम्रो संविधानले दुई सदनीय संसदीय प्रणाली अंगीकार गरेको छ। दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ’, उनले भने, ‘एउटा सदनको सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने परिस्थिति आउनु आफैँमा दुखद् हो।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा वृद्धाश्रम भएको भन्दै टिप्पणी गरेपनि आइतबार राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको थियो। सोही सम्बन्धमा बोल्दै पन्तले आपसी द्वन्द्वले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजार बनाउने बताए।

‘राष्ट्रियसभा वृद्धाश्रम होइन तर राष्ट्रियसभा भनेको पाकाहरूको सदन हो। यो सदनलाई वृद्धाश्रम भनेर बेइज्जत गर्ने काम गर्न हुँदैन। एकअर्कालाई सम्मान गर्ने हो। अहिले जसरी जसरी एक मान्यको कुरामा खेद प्रस्ताव आएको छ त्यो दुखद् छ’, उनले भने।

प्रकाशित: ५ फागुन २०८१ १५:०१ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast