राष्ट्रपतिले फेमार काटेर शुभारम्भ गरे ग्याल्पो ल्होसार

हिमाल प्रेस १५ फागुन २०८१ १२:४५ | Thursday, February 27, 2025
राष्ट्रपतिले फेमार काटेर शुभारम्भ गरे ग्याल्पो ल्होसार शीतल निवासमा बिहीबार ल्होसार शुभारम्भ कार्यक्रममा शेर्पा समुदायका साथ राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष स्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन्।

सो क्रममा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए।

ल्होसार शुभारम्भ कार्यक्रममा शेर्पा समुदायको विशेष परिकार फेमार काट्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय

उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश नेपालमा बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बर्ताए। राष्ट्रपति पौडेलल भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको बताउँदै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, संवर्धन र विकासमा पहिचान कायम राख्दै पर्यटन तथा व्यवसायमार्फत मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गरे।

क्रममा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पाले स्वागत गरेका थिए भने खेम्पो लामा आचार्यले ल्होसारका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा ल्होसारसम्बन्धी गीत तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो।

प्रकाशित: १५ फागुन २०८१ १२:४५ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast