राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक

हिमाल प्रेस १६ फागुन २०८१ १८:५६ | Friday, February 28, 2025
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक राप्रपा नेपाल अध्यक्ष कमल थापा।

काठमाडौँ– राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाइएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमका तयारी, महाधिवेशन र संगठन सुदृढीकरणलगायतका विषयमा छलफल बताइएको छ।

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै महत्वकासाथ बैठकमा छलफल हुने समेत बताइएको छ।

पूर्वराजाको सन्देश पश्चात् पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी हिन्दू र संघीयता विरोधी एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिइरहेका छन्।

प्रकाशित: १६ फागुन २०८१ १८:५६ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast