लुम्बिनी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश समितिको आयोजनामा शनिबार बुटवलमा बृहत् आमसभा गर्ने भएको छ।
राजसंस्था पुर्नस्थापना, संघीयता खारेजी र हिन्दुराज्यको माग तथा भ्रष्टाचारको विरोधमा आमसभा आयोजना गर्न लागिएको राप्रपाका प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिए।
बुटवलको ट्राफिक चोकमा शनिबार आयोजना हुने सभा पूर्व बुटवलको नयाँ बसपार्क र तिनाउ पुल पारी क्षेत्रबाट बृहत् र्याली निकालिनेछ।
नेपालमा आफूहरूले राजतन्त्र नभई एकताका लागि राजसंस्थाको आवश्यक रहेको बताउँदै समयले त्यसलाइ पुष्टि गरेको प्रदेश अध्यक्ष उदयको दाबी छ।
सभालाइ केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहितले सम्बोधन गर्ने छन्।
प्रकाशित: १६ फागुन २०८१ ११:५२ | Friday, February 28, 2025
प्रतिक्रिया




