राजेन्द्र बस्नेतको निर्देशनमा ‘कार्की साइँला’ बन्ने

हिमाल प्रेस २ फागुन २०८१ ११:४५ | Friday, February 14, 2025
राजेन्द्र बस्नेतको निर्देशनमा ‘कार्की साइँला’ बन्ने

काठमाडौँ- ‘कार्की साइँला’ नामक फिल्म बन्ने भएको छ। भ्यालेन्टाइन डेको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दे फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको हो।

फिल्म राजेन्द्र बस्नेतको निर्देशन गर्नेछन्। फिल्ममा ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए। ‘हाम्रो पात्र भरिया हुन्छ। उसले गाउँभरिका मान्छेको भारी बोेकेर जीविकोपार्जन गर्छ’, निर्देशक बस्नेतले भने।

पोस्टरमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरिया छन्। पृष्ठभूमिमा अग्ला पहाड देखाइएको छ। पोस्टरले फिल्म ग्रामीण जीवनलाई देखाउने बुझ्न सकिन्छ।

फिल्मका लागि कलाकार छनोट कार्य भइरहेको निर्माण पक्षले जनाएको छ। डम्बरबहादुर राईले फिल्मको छायांकन गर्नेछन्। फिल्ममा उनकै कथा रहनेछ। त्यस्तै अजित लामिछानेको पटकथा तथा संवाद लेखन रहेनछ। धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने टिमको तयारी छ।

कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्म कर्ण बहादुर फिल्मस्को ब्यानरमा बन्नेछ। फिल्मको निर्मातामा बालकुमार राई र श्याम मगर रहेनछन्।

प्रकाशित: २ फागुन २०८१ ११:४५ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast