यू १९ विश्वकप छनोट : यी हुन् क्याम्पमा बोलाइएका २४ खेलाडी

हिमाल प्रेस ३० माघ २०८१ ८:५७ | Wednesday, February 12, 2025
यू १९ विश्वकप छनोट : यी हुन् क्याम्पमा बोलाइएका २४ खेलाडी विपिन शर्मा। तस्बिर : एनपीएल फेसबुक पेज।

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ का २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ। यू १९ विश्वकप छनोटका लागि खेलाडी छनोट गर्न क्यानले अर्को क्याम्प सञ्चालन गर्ने भएको हो।

नेपालले आगामी चैतमा आईसीसी यू १९ विश्वकपको एसिया छनोट आयोजना गर्दैछ। यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो। पहिलो चरणको बन्द प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको हो।

क्याम्पका लागि विपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी परेका छन्। नेपालले आगामी चैत अन्तिम सातादेखि आईसीसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ३० माघ २०८१ ८:५७ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast