युवा संघको महाधिवेशन वैशाख अन्तिममा

हिमाल प्रेस ३० माघ २०८१ १३:५१ | Wednesday, February 12, 2025
युवा संघको महाधिवेशन वैशाख अन्तिममा

काठमाडौँ- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख अन्तिममा गर्ने भएको छ।

युवा संघका महासचिव सुमन पुरीले बुधबार मातहतका जिल्ला कमिटीलाई १३ माघमा बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय जानकारी गराउँदै वैशाखको अन्तिममा महाधिवेशन गर्ने निर्णय भएसँगै आवश्यक तयारी र समन्वय गर्न आग्रह गरेका छन्।

एमालेले आफ्नो भ्रातृ संगठनको महाधिवेशन यही चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। महासचिव पुरीले महाधिवेशन गर्न युवा संघले आगामी फागुन मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिए।

जिल्ला अधिवेशन समयमा सम्पन्न नगरे जिल्ला इञ्चार्जको नेतृत्वमा अधिवेशन गरिने महासचिव पुरीले बताए। उनका अनुसार संघले तीन जनालाई सचिवमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित: ३० माघ २०८१ १३:५१ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast